Techie IT
२०८२ चैत्र १६, सोमबार

नेपालबाट दैनिक एक हजार मेगावाट बिजुली निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी


काठमाडौं । देशभित्रको खपत पूरा गरी अतिरिक्त भएको औसत एक हजार मेगावाट विद्युत् दैनिक रूपमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात भइसकेको छ।

उनका अनुसार, भारतीय ऊर्जा एक्सचेन्ज (IEX) को डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा तथा द्विपक्षीय मध्यकालीन सम्झौता मार्फत हरियाणा र बिहार राज्यमा बिजुली बिक्री भइरहेको छ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी नेपालले बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। भारतसँगको विद्युत् व्यापार “भारतीय रुपैयाँ (भारु)”मा र बंगलादेशसम्मको व्यापार अमेरिकी डलरमा हुने प्राधिकरणले जनाएको छ।

हालसम्म नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ। यसबाट नेपालले भारु र डलर दुवैमा विदेशी मुद्रा आम्दानी गर्न सफल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट