Techie IT
२०८२ असोज २१, मंगलबार

अलैँचीको मूल्यमा गिरावट


सङ्खुवासभामा यस वर्ष अलैँचीको मूल्य घटेको छ। गत वर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा कारोबार भएको भए पनि यसपटक रु ८० हजारमा कारोबार भइरहेको छ।

एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यस वर्ष फेरि घटेको छ। कालो सुनको रूपमा चिनिने अलैँची प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ, सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, गत वर्ष प्रतिमन रु एक लाख १० हजारसम्म कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको भनाइ छ। अध्यक्ष श्रेष्ठले भने, “उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो। गत वर्ष रु ९० देखि रु एक लाख १० हजारसम्म कारोबार भएको थियो। हाल ग्रेडिङ राम्रो भएको अलैँची रु ८२ हजार र ग्रेडिङ नभएको अलैँची रु ८० हजारमा कारोबार भइरहेको छ।”

अलैँची अधिकांश मसलाको रूपमा प्रयोग हुने र ९८ प्रतिशत निर्यात हुने गर्दछ। सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ। जिल्लामा गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो।

पूर्वी पहाडी जिल्लाका किसानका लागि अलैँची आम्दानीको भरपर्दो स्रोत हो। सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटासहितका उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ। तर, किसानले प्रत्यक्ष लाभ लिन नसकेको गुनासो पनि छ।

व्यवसायीका अनुसार, अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा वर्गीकरण गरिएको हुन्छ र त्यसअनुसार मूल्यमा पनि फरक पर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट