Techie IT
२०८३ भाद्र २७, शनिबार

यस तिहारमा राष्ट्र बैंकले सुनका असर्फी नबेच्ने


तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ। हरेक वर्ष तिहारको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएको राष्ट्र बैंकले यो वर्ष भने केवल चाँदीका मेडालियन मात्र वितरण गर्ने जनाएको छ।

राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीका मेडालियन बिक्री सुरु भएको जानकारी दिएको छ।

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१० ग्राम) को मूल्य ३ हजार रुपैयाँ तोकिएको छ। प्रतिव्यक्ति एकवटा मात्र मेडालियन खरिद गर्न पाइनेछ। यस्तै गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) पनि समान मूल्यमा उपलब्ध हुनेछन्।

खरिदका लागि नागरिकता प्रमाणपत्रको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै वैध परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन राष्ट्र बैंकले आग्रह गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट