Techie IT
२०८३ कार्तिक ११, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम दिन


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आकर्षक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरसहितको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ बजारमा ल्याएको हो।

प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणतर्फको ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

इच्छुक लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ (Mero Share) मार्फत आजै आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग्स नेपालबाट 'केयरएनपी सिंगल ए प्लस' रेटिङ्ग प्राप्त यस ऋणपत्रमा लगानीकर्ताले प्रत्येक अर्धवार्षिक अवधि समाप्त भएपछि करकट्टा गरेर नियमित रूपमा ब्याज प्राप्त गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट