Techie IT
२०८२ मंसिर २६, शुक्रबार

तिहार लक्षित राष्ट्र बैंकद्वारा ४१० किलो चाँदी बिक्री


नेपाल राष्ट्र बैंकले तिहार लक्षित चाँदीका सिक्का मार्फत आइतबारसम्म कुल ४ सय १० किलो चाँदी बिक्री गरेको छ।

राष्ट्र बैंकको टक्सार महाशाखाले १०–१० ग्राम तौलका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित चाँदीका सिक्का बिक्री गरेको हो। ती सिक्काको जम्मा तौल ४१० किलो बराबर पुगेको बैंकले जनाएको छ।

यस वर्ष भने केन्द्रीय बैंकले सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरेको छैन। बैंकका अनुसार सुनको मूल्यवृद्धि, आपूर्तिको अवस्था र नयाँ असर्फी छापिएको नभएकाले यसपालि सुन बिक्री नगरिएको हो।

गत वर्ष धनतेरसका दिन राष्ट्र बैंकले ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो। त्यसबेला २.५ ग्राम तौलका ४ हजार ५२० थान सुनका असर्फी बिक्री भएका थिए।

टक्सार महाशाखाले यस वर्ष सुनका सिक्का बिक्री नभएकाले चाँदीका सिक्काको माग र बिक्री दुवै बढेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट