राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई बुझाउने
नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति २९.२३ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरेपछि बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ।
प्रतिवेदनअनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्यांकन लाभ–हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले हरेक वर्ष वासलात, आय–व्यय तथा अन्य सम्बन्धित विवरणसहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।



तपाईको प्रतिक्रिया दिनुहोस