Techie IT
२०८३ जेष्ठ ४, सोमबार

सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर बन्यो लिटमस केवल्स


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ।

मंगलबार काठमाडौँमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले भने, “देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुशी व्यक्त गर्छौं। यसले टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ।”

लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले भने, “सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास छ। हामी हाम्रा उत्पादन मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं। त्यसै अनुरूप यो सम्झौता गरिएको हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट