Techie IT
२०८३ असार २६, शुक्रबार

टाइटानिक यात्रुको घडी ३३ करोडमा लिलाम


टाइटानिक जहाज दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउन्ड, अर्थात् करिब ३३ करोड २५ लाख नेपाली रुपैयाँमा बिक्री गरिएको छ।

सन् १९१२ अप्रिल १४ मा साउथह्याम्प्टनबाट न्युयोर्क जाँदै गरेको टाइटानिक जहाज हिमखण्डमा ठोकिँदा करिब १,५०० यात्रुको मृत्यु भएको थियो। त्यही दुर्घटनामा इजिडोर स्ट्रास र उनकी श्रीमती इडा स्ट्रासको पनि मृत्यु भयो।

दुर्घटनाको केही दिनपछि एट्लान्टिक महासागरबाट स्ट्रासको शव बरामद गरिएको थियो। उनका साथमा रहेको १८ क्यारेट सुनको ‘जुल्स जुर्गेनसेन’ पकेट घडी फेला परेको थियो। यही घडी शनिबार विल्टसायरको डेभाइजेसस्थित हेनरी एल्ड्रिज एन्ड सन अक्सन हाउसमार्फत लिलामी गरिएको हो।

स्ट्रास एक प्रतिष्ठित अमेरिकी व्यवसायी, राजनीतिज्ञ तथा न्युयोर्कको मेसी डिपार्टमेन्ट स्टोरका सहमालिक थिए। उनकी पत्नी इडा स्ट्रासको शव भने आजसम्म भेटिएको छैन।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट