यती एअरलाइन्सले बडादसैँलाई लक्षित गर्दै टिकट सस्तो गर्ने
यती एअरलाइन्सले बडादसैँलाई लक्षित गर्दै दसैँका बेला घर जानेतर्फको उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा पूर्ण रूपमा बन्द गरेको छ। अपर क्लासको भाडा बन्द गर्ने वित्तिकै यतीको टिकट सस्तो हुने छ । चाडपर्वमा गन्तव्यतर्फ जाने यात्रुको उच्च चाप हुने र सबैलाई सहज रूपमा यात्रा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दसैँका बेला राजधानी फर्किने (रिटर्न) उडानमा भने यात्रुको चाप कम हुने र इन्धन खर्चसमेत बढी हुने भए पनि यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै फर्कने उडानमा न्यून मूल्यमा टिकट उपलब्ध गराइरहेको छ।
इन्धनको मूल्यवृद्धिले भाडा समायोजनमा असर
विश्वका विभिन्न भूभागमा भइरहेका युद्धका कारण हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको एअरलाइन्सले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो। इन्धनको अत्यधिक मूल्यवृद्धिका कारण गत वर्षहरूजस्तो सुलभ दरमा सबै सेवा दिन नसकिएकोमा कम्पनीले दुःखसमेत व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस