Techie IT
२०८३ असार २५, बिहीबार

वीरगञ्ज भन्सार कार्यालयबाट ४ महिनामा ७५ अर्ब राजस्व सङ्कलन


वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न आयात सामग्रीबाट उल्लेखनीय राजस्व सङ्कलन गरेको छ।

कार्यालयका अनुसार पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड, र यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठेको छ। त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट रु ४ अर्ब ५८ करोड, कपडाबाट रु ४ अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाबाट रु ३ अर्ब १७ करोड, र इलेक्ट्रिक मेसिनरी, उपकरण तथा पार्टपुर्जाबाट रु ३ अर्ब ७ करोड राजस्व सङ्कलन भएको जानकारी दिइएको छ।

वीरगञ्जबाट चालु आर्थिक वर्षको चार महिनामा करिब रु २ खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्। कुल मिलाएर कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट