Techie IT
२०८२ मंसिर २२, सोमबार

राष्ट्र बैंकका कर्मचारीको पेन्सन खारेज

सेवामा अयोग्य ठहरिएर बर्खास्त भएकाले भने कर्मचारीले तिरेको हिस्सा र त्यसमा प्राप्त ब्याज मात्र पाउने कडा व्यवस्था गरेको छ।


नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली, २०५८ संशोधन गर्दै अब नयाँ भर्ना हुने कर्मचारीलाई परम्परागत पेन्सन (निवृत्तिभरण) नदिने र यसको सट्टा योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ। 

संशोधित विनियमावलीको नियम ११७(क) अनुसार २०८२ साउन १ गतेपछि प्रकाशित विज्ञापनमार्फत खुला प्रतियोगिताबाट बैंक सेवामा प्रवेश गर्ने कर्मचारीहरूलाई यो योजना लागू हुनेछ। नयाँ प्रणालीअन्तर्गत कर्मचारीको मासिक तलबको ६ प्रतिशत रकम कट्टा गरिनेछ भने त्यतिकै प्रतिशत रकम बैंकले पनि योगदानस्वरूप कोषमा जम्मा गरिदिनेछ।

कम्तीमा २० वर्ष स्थायी सेवा गरेपछि मात्रै कर्मचारीले मासिक निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ। निवृत्तिभरण पाउन योग्य कर्मचारीले आफ्नो नाममा जम्मा भएका भुक्तानी, ब्याज र मुनाफा एकमुष्ट लिने वा मासिक निवृत्तिभरणमार्फत प्राप्त गर्ने दुवै विकल्पमध्ये कुनै एक छान्न सक्ने छन्। 

कर्मचारीको मृत्यु भएमा हकवालाले सोही अधिकार पाउनेछन्। सेवा अवधि पूरा हुनुअघि कुनै पनि कारणले बैंकबाट अलग भएमा कर्मचारीले जम्मा भएको रकम ब्याज र मुनाफासहित एकमुष्ट पाउनेछन्, तर सेवामा अयोग्य ठहरिएर बर्खास्त भएकाले भने कर्मचारीले तिरेको हिस्सा र त्यसमा प्राप्त ब्याज मात्र पाउने कडा व्यवस्था  गरेको छ।

पारिवारिक निवृत्तिभरण पाउनुपर्ने समयाअघि कर्मचारीको मृत्यु भएमा इच्छाइएको व्यक्तिले जम्मा रकम ब्याज र मुनाफासहित प्राप्त गर्नेछन् र इच्छाइएको व्यक्ति नभएमा कानुनबमोजिम हकवालालाई रकम उपलब्ध गराइनेछ। 

कोषको दिगोपनका लागि राष्ट्र बैंकले बीमाङ्कीय मूल्याङ्कनको आधारमा नपुग हुने रकम समय–समयमा उपलब्ध गराइनेछ। २०८२ साउन १ गतेअघि नियुक्त कर्मचारीहरू भने खुला प्रतियोगिताबाट माथिल्लो तहमा नियुक्त भई सेवा निरन्तर गरेमा उनीहरूका हकमा पहिलेको उपदान तथा निवृत्तिभरण प्रणाली नै यथावत लागू हुने व्यवस्था विनियमावलीमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट