Techie IT
२०८२ माघ ३, शनिबार

सेयर बजारमा सामान्य गिरावट


बुधबार सेयर बजारमा सामान्य गिरावट आउँदा नेप्से परिसूचक ७.८६ अंकले घटेर २,६०६.९३ अंकमा अडिएको छ।

साथै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य संकुचन भई आज ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा कुल १६९ कम्पनीको मूल्य घट्दा ७९ को मूल्य बढ्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। 

गिरावटका बाबजुद सबै सेक्टरका सूचक घटे पनि कुनै पनि समूहको गिरावट दर १ प्रतिशतभन्दा माथि गएन; जहाँ बैंकिङ ०.०५, विकास बैंक ०.२९, हाइड्रोपावर ०.६६ र फाइनान्स ०.५७ प्रतिशतले झरेका छन्। यस दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र आजैदेखि कारोबारमा आएको एसवाई प्यानल गरी तीन कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट ब्रेकर लागेको थियो, भने लक्ष्मी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्यमा पनि क्रमशः ८.७६ र ७.१४ प्रतिशतले वृद्धि भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट