सेयर बजारमा सामान्य गिरावट
बुधबार सेयर बजारमा सामान्य गिरावट आउँदा नेप्से परिसूचक ७.८६ अंकले घटेर २,६०६.९३ अंकमा अडिएको छ।
साथै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य संकुचन भई आज ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा कुल १६९ कम्पनीको मूल्य घट्दा ७९ को मूल्य बढ्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
गिरावटका बाबजुद सबै सेक्टरका सूचक घटे पनि कुनै पनि समूहको गिरावट दर १ प्रतिशतभन्दा माथि गएन; जहाँ बैंकिङ ०.०५, विकास बैंक ०.२९, हाइड्रोपावर ०.६६ र फाइनान्स ०.५७ प्रतिशतले झरेका छन्। यस दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र आजैदेखि कारोबारमा आएको एसवाई प्यानल गरी तीन कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट ब्रेकर लागेको थियो, भने लक्ष्मी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्यमा पनि क्रमशः ८.७६ र ७.१४ प्रतिशतले वृद्धि भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस