Techie IT
२०८२ पौष ८, मंगलबार

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५


एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेको योगदानको कदरस्वरूप डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ (ईन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ।

डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सार्वजनिक तथा वित्तीय सेवालाई थप सहज, छरितो र पहुँचयोग्य बनाउने संस्थाहरूलाई प्रदान गरिने उक्त अवार्ड एनएमबि बैंकले हासिल गरेको हो। बैंकले आधुनिक डिजिटल माध्यमहरू विस्तार गर्दै आफ्ना सेवाहरूलाई थप ग्राहक–मैत्री, सुरक्षित र प्रभावकारी बनाएको आधारमा यो सम्मान प्राप्त गरेको जनाएको छ।

बैंकका अनुसार यस उपलब्धिले एनएमबि बैंकको डिजिटल नवप्रवर्तन, प्रविधिमैत्री सेवा विस्तार र ग्राहककेन्द्रित रणनीतिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ। हाल एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

डिजिटल बैंकिङ, मोबाइल तथा अनलाइन सेवामा निरन्तर लगानी गर्दै आएको एनएमबि बैंकले आगामी दिनमा पनि प्रविधिको अधिकतम उपयोगमार्फत सेवा गुणस्तर थप उकास्ने लक्ष्य लिएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट