Techie IT
२०८२ पौष ३०, बुधबार

मौसमले शेयर बजार हल्लाउँछ? चीनले सार्वजनिक गर्‍यो जलवायुमा आधारित एआई मोडल


चीनले पहिलोपटक मौसम परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभाव विश्लेषण गर्न सक्ने कृत्रिम बौद्धिक (एआई) मोडल सार्वजनिक गरेको छ। चीन मौसम विभाग (सीएमए) का अनुसार, यो पहल जलवायु जोखिम व्यवस्थापनमा एक महत्त्वपूर्ण र प्रगतिशील उपलब्धि हो।

‘शाङ्जी–१’ नाम दिइएको यो एआई मोडल शाङ्घाइस्थित फुदान विश्वविद्यालय र राष्ट्रिय मौसम सूचना केन्द्रले संयुक्त रूपमा विकास गरेका हुन्। मोडलले तापक्रम, वर्षा, मौसमीय चरम अवस्थाजस्ता तत्वहरूले शेयर मूल्यमा पार्ने असरको मूल्याङ्कन गर्छ र लगानी निर्णय तथा वित्तीय जोखिम व्यवस्थापनका लागि नयाँ उपकरणका रूपमा प्रयोग गर्न सकिने बताइएको छ।

मोडलका मुख्य विकासकर्ता झाओ यान्सियाका अनुसार, ‘शाङ्जी–१’ ले विश्वव्यापी मौसम तथ्यांक र चीनको ऐतिहासिक स्टक कारोबार डेटा प्रयोग गरी ए–सेयर बजारका धेरै स्टकहरूको छोटो अवधिको प्रतिफल अनुमान गर्न सक्छ।

परीक्षणका क्रममा यो मोडलले सौर्य ऊर्जा, पेट्रोकेमिकल, निर्माण र कृषि जस्ता उद्योग क्षेत्रमा पर्ने मौसमीय प्रभावलाई तुलनात्मक रूपमा सही पहिचान गर्न सक्षम रहेको देखिएको छ।

मोडलको आधारमा तयार पारिएका लगानी रणनीतिहरूले ऐतिहासिक अवधिमा स्थिर र सकारात्मक प्रतिफल दिएको अनुसन्धान टोलीको दाबी छ। फुदान विश्वविद्यालयका प्रोफेसर ली हाओका अनुसार, यस एआई मोडलको प्रयोग कम्पनीहरूले जलवायु जोखिम व्यवस्थापनमा, बैंकहरूले लगानी जोखिम नियन्त्रणमा तथा लगानीकर्ताले अधिक सूचित निर्णय लिन सहयोगका रूपमा गर्न सक्नेछन्।

अनुसन्धान टोलीले भविष्यमा यो मोडललाई बजारको गतिशीलतासँग मिलाएर निरन्तर परिमार्जन र अपडेट गर्दै लैजाने योजना बनाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट