Techie IT
२०८२ माघ ४, आइतबार

सुन फेरि महँगियो, कतिमा हुदैछ कारोवार?


नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला ७ सय रूपैयाँले बढेको सुनको भाउ आइतबार थप ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ६ सय २५ रूपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट