Techie IT
२०८३ कार्तिक १२, बुधबार

सुदूरपश्चिम भर्सेस पोखरा: दीपेन्द्र र कुशल आमनेसामने, कसले मार्ला बाजी?


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने यो खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।

एनपीएलका अघिल्ला दुवै संस्करणमा पोखरा सुदूरपश्चिमसँग पराजित भएको थियो। त्यसैले आजको खेलमा पोखरा विगतको हारको बदला लिँदै इतिहास बदल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। अर्कोतर्फ, सुदूरपश्चिम भने पोखरामाथि आफ्नो दबदबा कायम राख्दै जितको यात्रालाई निरन्तरता दिने दाउमा छ।

सुदूरपश्चिम रोयल्सको कप्तानी राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्दैछन्। टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल जस्ता प्रतिभावान् नेपाली खेलाडीहरू समावेश छन्। त्यसैगरी, विदेशी खेलाडीहरूमा शेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेनको बलियो उपस्थिति रहेको छ।

उता पोखरा एभेन्जर्सको बागडोर कुशल भुर्तेलको काँधमा छ। टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्य रहेका छन्। यस्तै, टोलीलाई थप बलियो बनाउन विदेशी खेलाडीका रूपमा स्टार अलराउन्डर शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षण मैदानमा उत्रिनेछन्।

आठ टोलीको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले रू १ करोड ५० लाख र उपविजेताले रू ८० लाख पुरस्कार प्राप्त गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट