Techie IT
२०८३ कार्तिक ११, मंगलबार

एनपीएल अपडेट: आज चितवन र विराटनगर भिड्दै, जनकपुरसँग कर्णालीको टक्कर


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो सोमबार भव्य समारोहका बीच प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को औपचारिक उद्घाटन गरेका छन्। प्रतियोगिताको पहिलो दिन एकमात्र खेल सम्पन्न भएकोमा आज (मंगलबार) देखि भने दिनमा दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्।

सोमबार भएको पहिलो उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा विजयी शुरुआत गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ८७ रन मात्र बनाउन सक्यो। जवाफमा ८८ रनको सामान्य लक्ष्य लुम्बिनी लायन्सले ९.५ ओभरमा ३ विकेट गुमाउँदै सहजै भेटायो।

आज पहिलो खेल (दिउँसो १२:३० बजे): चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ। विराटनगर किङ्ग्सको कप्तानी सन्दीप लामिछानेले सम्हालेका छन् भने टिममा लोकेश बम, बसिर अहमदजस्ता स्वदेशी प्रतिभाका साथै आन्द्रे रसेल र एन्जेलो म्याथ्युजजस्ता अन्तर्राष्ट्रिय स्टारहरू रहेका छन्। उता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा देव खनाल, अर्जुन साउदका साथै रवि बोपारा र सिकन्दर राजाजस्ता अनुभवी खेलाडीहरू सामेल छन्।

दोस्रो खेल (बेलुका ५:०० बजे): जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरमा कुशल परेरा, अनिल साह तथा जिमी नीशम र मोइन अलीजस्ता विदेशी खेलाडीको बाहुल्य छ। त्यस्तै, सोमपाल कामीको नेतृत्वमा मैदान उत्रिने कर्णाली याक्समा डेभिड मिलर, पवन सर्राफ र सूर्य तामाङलगायतका उत्कृष्ट खेलाडीहरू रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट