Techie IT
२०८२ माघ २१, बुधबार

नेपाली बजारमा सुन तोलामै १४ हजार रुपैयाँले बढ्यो


बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य तोलामै १४ हजार ४ सय रुपैयाँले बढेको हो।

आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो।

त्यस्तै, आज चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट