Techie IT
२०८३ वैशाख ३१, बिहीबार

बजारमा गहना किन्नेको चाप ह्वात्तै बढ्यो


पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ। यो अवधिमा मात्रै सुनको मूल्य २७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार गत माघ १६ गते प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २३ गतेसम्म आइपुग्दा २ लाख ९१ हजार रुपैयाँमा झरेको हो। यो साता सुनको मूल्य बढ्नेभन्दा घट्ने क्रम बढी देखिएको छ।

यस अवधिमा माघ १८ गते सुन ३ लाख रुपैयाँ, माघ १९ गते २ लाख ८६ हजार ६००, माघ २० गते २ लाख ९० हजार ३००, माघ २१ गते ३ लाख ४ हजार ७०० र माघ २२ गते २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

बिहीबारको तुलनामा माघ २३ गते शुक्रबार सुनको मूल्य थप ४ हजार २०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा झरेको थियो। समग्रमा यो साता सुनको मूल्य भारी रूपमा घटेको छ।

सुनको मूल्य घटेसँगै बजारमा गहना बनाउने र किन्ने ग्राहकको चाप बढ्न थालेको सुन व्यवसायीहरू बताउँछन्। विवाहको लगनको समय पनि परेकाले तथा मूल्य सस्तो भएपछि ग्राहक आकर्षित भएको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए।

उनका अनुसार, पछिल्ला दिनमा अत्यधिक मूल्य बढेकाले अझै केही घट्ने अपेक्षामा ग्राहकहरू पर्खिरहेका थिए, तर अहिले मूल्य घटेपछि किनमेलमा चासो बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट