Techie IT
२०८२ चैत्र १४, शनिबार

नेप्से दोहोरो अंकले ओरालो, १०.२५ अंक घटेर २६९८ मा सिमित


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। नेप्से १०.२५ अंकले ओरालो लाग्दै २६९८.४४ बिन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिन बिहीबार भने बजार २७.१९ अंकले उकालो लागेको थियो।

आइतबार नेप्सेमा कुल ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको ११ अर्ब २८ करोड रुपैयाँभन्दा केही बढी हो।

कारोबारमा आएका ३३० धितोपत्रमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ। सात कम्पनीको मूल्य स्थिर रह्यो।

सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्दा रिडी पावर कम्पनी, खानीखोला हाइड्रो र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि राम्रो नाफा कमाए।

उपसूचकतर्फ ‘अन्य’ र लगानी समूहबाहेक सबै समूह ओरालो लागे। सबैभन्दा धेरै होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले घटेको छ ।

कुल १ लाख ११ हजार ९७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

घट्ने कम्पनीतर्फ कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। सो कम्पनीको मूल्य ८.९१ प्रतिशतले घट्यो। यसबाहेक कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकका सेयर पनि उल्लेख्य घटेको छ ।

कारोबार रकमका आधारमा भने सुपर माई हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट