Techie IT
२०८२ फागुन २३, शनिबार

वीरगञ्ज भन्सार कार्यालयमा सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन


वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १ खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले यस वर्ष सात महिनासम्म रु १ खर्ब ५३ अर्ब ८४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको थियो, तर अहिलेसम्म लक्ष्यको ८८.०७ प्रतिशत मात्र पूरा भएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार, सात महिनामा राजस्व सङ्कलनको अवस्था उत्साहजनक रहेको छ। 

महिनावार सङ्कलन विवरण यस प्रकार छ:
साउन: रु १८ अर्ब ४४ करोड
भदौ: रु २० अर्ब ७३ करोड
असोज: रु १९ अर्ब ९ करोड
कात्तिक: रु १७ अर्ब ३३ करोड
मङ्सिर: रु २० अर्ब ८० करोड
पुस: रु २० अर्ब २० करोड
माघ: रु १८ अर्ब ९० करोड (लक्ष्य: रु २१ अर्ब २९ करोड)

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई यस वर्ष कुल रु २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट