Techie IT
२०८२ चैत्र ३, मंगलबार

सुनचाँदी पुनः महँगियो


काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ।

सोमबार सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो। यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो।

चाँदीतर्फ पनि मूल्य उकालो लागेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ।

१० ग्राम चाँदीको मूल्य मंगलबार रु ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट