Techie IT
२०८३ वैशाख २३, बुधबार

याम्बालिङ हाइड्रोपावरको आइपिओ खुल्यो: क-कस्ले भर्न पाउँछ?


याम्बालिङ हाइड्रोपावर ले आज (आइतबार)देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन सुरु गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ खुलाएको हो।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ७ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता सेयर जुगल गाउँपालिका (वडा नं. १ देखि ७) का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।

आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद चैत २२ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक का सम्बन्धित शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर मार्फत पनि आवेदन दिन सकिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट