Techie IT
२०८३ वैशाख ३०, बुधबार

वीरगञ्ज भन्सारको राजस्व उकालोमा: ७ महिनामै १ खर्ब ५४ अर्ब संकलन


वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले सो अवधिमा १ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। यसअनुसार हालसम्म करिब ८८ दशमलव प्रतिशत राजस्व संकलन भएको छ।

कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट का अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व उठेको हो।

महिनागत रूपमा हेर्दा साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ र कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

त्यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ, पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ र फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट