Techie IT
२०८३ जेष्ठ १७, आइतबार

सोपान फर्मास्यूटिकल्सको आईपीओ खुल्दै


सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ बैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ। साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीलाई र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिएको छ।

अब कम्पनीले बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर हुन्छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले बैशाख ६ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा म्याद बैशाख १६ गतेसम्म लम्बिनेछ। कम्पनीले ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउण्टेड फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख रुपैयाँभन्दा बढी र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको कम्पनीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट