Techie IT
२०८३ भाद्र १३, शनिबार

हवाई यात्रुलाई नराम्रो ‘झट्का’: आन्तरिक उडान भाडा आकासियो


मध्यपूर्व (खाडी क्षेत्र) मा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। यससँगै आन्तरिक हवाई भाडा पनि महँगिएको छ।

वायुसेवा सञ्चालक संघका अनुसार निगमले चैत १८ गतेदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ। यस वृद्धि पछि हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ।

इन्धनको मूल्य झण्डै दोब्बरले बढेपछि वायुसेवा कम्पनीहरूले ‘फ्युल सरचार्ज’ बढाउँदै नयाँ भाडादर लागू गरेका छन्। सबै आन्तरिक उडान तथा हेलिकप्टर सेवामा नयाँ भाडा लागू गरिएको छ।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार इन्धन मूल्य वृद्धिअनुसार भाडा समायोजन गर्नु अपरिहार्य भएको हो। उनले उडान सञ्चालन खर्च धान्न र सेवा निरन्तरता कायम राख्न भाडा बढाउनु बाध्यता बनेको बताए।

इन्धनको मूल्यमा हुने उतारचढावअनुसार तत्कालै भाडा समायोजन गर्ने नीतिअनुसार यो निर्णय लिइएको संघले जनाएको छ। साथै, मूल्यवृद्धिका कारण यात्रुमा पर्न जाने असुविधाप्रति संघले क्षमायाचना समेत गरेको छ।

निगमले एकैपटक ठूलो मात्रामा इन्धनको मूल्य बढाएपछि अब हवाई यात्रा आम सर्वसाधारणका लागि झनै महँगो बन्ने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट