Techie IT
२०८२ चैत्र १९, बिहीबार

८ महिनामै भित्रियो १४.४९ खर्ब रेमिट्यान्स


चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक का अनुसार फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । यसले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखाएको छ।

फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्र भित्रिएको थियो।

अमेरिकी डलरमा गणना गर्दा फागुनसम्म कुल रेमिट्यान्स आप्रवाह १० अर्ब १५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, वैदेशिक रोजगारीतर्फ पनि उल्लेखनीय गतिविधि देखिएको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।

गत वर्षको सोही अवधिमा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको थियो।

रेमिट्यान्सको बढ्दो प्रवाहले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउनुका साथै देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुगेको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट