Techie IT
२०८३ असोज २६, सोमबार

नागरिक बजेट पुस्तिका किन गरियो सार्वजनिक ?


अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ पुस्तिका सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको कूल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रमलाई सरल र संक्षिप्त रूपमा बुझाउन यो पुस्तिका तयार पारिएको हो।

पुस्तिकामा बजेटका मुख्य प्राथमिकता, करका प्रावधान, विकासका लक्ष्य तथा वित्तीय अनुशासनसम्बन्धी विषयहरू सर्वसाधारणले सहजै बुझ्ने भाषामा समेटिएका छन्। अर्थमन्त्री वाग्लेले पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्दै उत्पादनशील एवम् प्रविधिमैत्री अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताउनुभएको छ।

नागरिक बजेट पुस्तिका अनुसार कूल बजेटलाई मुख्य तीन शीर्षकमा वर्गीकरण गरिएको छ - 

चालू खर्च: नियमित सञ्चालन र सेवा प्रवाहका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ।

पुँजीगत खर्च: पूर्वाधार विकास तथा निर्माणका लागि ४ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ।

वित्तीय व्यवस्था: ऋणको साँवा-ब्याज भुक्तानी तथा सेयर लगानीका लागि ४ खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ।

त्यस्तै, बजेटको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३२ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ। बाँकी स्रोतका लागि वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ बेहोरिने मन्त्रालयले जनाएको छ।

बजेट विनियोजन प्रक्रिया, राजस्व सङ्कलन तथा अनुदान र ऋणको उपयोगजस्ता आर्थिक गतिविधि नागरिक तहसम्म पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यले विषयहरूलाई बुँदागत रूपमा स्पष्ट पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट