एकैदिन यी तीन कम्पनीको आईपीओ स्वीकृत
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ वर्षको सुरुवातसँगै पूँजी बजारमा उत्साह थप्दै एकैसाथ तीनवटा कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले नयाँ वर्षको पहिलो कारोबार दिन एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजलाई शेयर जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो।
बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता शेयर निष्कासन गर्नेछ। त्यस्तै, सबैभन्दा धेरै कित्ता शेयर निष्कासनको अनुमति पाएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ लाख ८० हजार कित्ता शेयर बजारमा ल्याउँदैछ।
यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको छ। बोर्डबाट हरियो झण्डा पाएसँगै यी तीनै कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरेका छन्।
नयाँ वर्षको सुरुवातमै ठूलो संख्यामा आईपीओ स्वीकृत हुनुलाई लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस