Techie IT
२०८३ जेष्ठ २६, मंगलबार

पाथीभरा मन्दिरमा २६ महिनामा कति तोला भयो सुन संकलन ?


फोटो - सन्ध्या रावत

प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएका सुन तथा चाँदी २६ महिनापछि प्रशोधन गरिएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त अवधिमा संकलित बहुमूल्य धातुहरू हालै प्रशोधन गरिएको हो। समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेल ले संकलित सुन र चाँदी प्रशोधन गरिएको जानकारी दिए।

उनका अनुसार २६ महिनामा ६७ तोला सुन र ४३ किलोग्राम चाँदी संकलन भएको थियो। प्रशोधनपछि ६७ तोला सुनबाट करिब ५० तोला मात्र शुद्ध सुन प्राप्त भएको जनाइएको छ।

प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीमार्फत व्यवस्थापन गर्न नयाँ कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट