Techie IT
२०८३ वैशाख ५, शनिबार

एक सातामै सुन २,९०० र चाँदी १७० रुपैयाँले महँगियो


एक साताको अवधिमा सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म बजारमा तीव्र उतारचढाव देखिए पनि समग्रमा मूल्य उकालो लागेको हो।

चैत २७ गते शुक्रबार सुन प्रति तोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि चैत २९ गते सामान्य बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको सुन चैत ३० गते भने केही घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा झरेको थियो।

नयाँ वर्ष २०८३ सुरु भएसँगै वैशाख १ गतेबाट सुनको मूल्य तीव्र रूपमा बढ्न थाल्यो। उक्त दिन प्रति तोला २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको सुन वैशाख २ गते ३ लाख २ हजार ७०० रुपैयाँसम्म उक्लियो। वैशाख ३ गते साताकै उच्च विन्दु ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको थियो। तर साताको अन्तिम दिन वैशाख ४ गते भने मूल्य केही घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा सीमित रह्यो। यसरी अघिल्लो शुक्रबारको तुलनामा एक सातामा सुनको मूल्य प्रति तोला २ हजार ९०० रुपैयाँले बढेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि यो साता उल्लेखनीय उतारचढाव देखियो। चैत २७ गते प्रति तोला ४ हजार ९६० रुपैयाँ रहेको चाँदी चैत २९ गते बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको थियो। तर चैत ३० गते घटेर ४ हजार ९०० रुपैयाँको न्यून विन्दुमा झरेको थियो।

वैशाख १ गतेबाट चाँदीको मूल्य पनि ह्वात्तै बढ्दै प्रति तोला ५ हजार ६५ रुपैयाँ पुग्यो। वैशाख २ गते ५ हजार २२० रुपैयाँ र वैशाख ३ गते साताकै उच्च ५ हजार २५० रुपैयाँ कायम भएको थियो। साताको अन्तिम दिन वैशाख ४ गते भने केही घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट