Techie IT
२०८३ असार २, मंगलबार

जेन-जी आन्दोलनमा जेलबाट भागेकी चौलागाईं शिवचोकबाट पक्राउ


चेक अनादर (चेक बाउन्स) मुद्दामा ४ वर्षको कैद सजाय ठहर भई कारागारबाट फरार रहेकी ४८ वर्षीया रमा चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २३-२४ गते भएको 'जेन-जी आन्दोलन' का क्रममा सुन्धारास्थित महिला बन्दी गृह (कारागार) बाट भागेकी चौलागाईंलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पुनः पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) शरत थापा क्षेत्रीका अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५, शिवचोकबाट पक्राउ गरिएको हो।

काठमाडौँ जिल्ला अदालतको २०७७ पुस २८ र २०७९ पुस २८ गतेको फैसलाले दुईवटा छुट्टाछुट्टै मुद्दामा उनीविरुद्ध कुल ४ वर्ष कैद सजाय ठहर गरेको थियो। अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकै अवस्थामा उनी आन्दोलनको भिड र अस्तव्यस्तताको फाइदा उठाउँदै कारागारबाट फरार भएकी थिइन्। पक्राउ परेकी चौलागाईंलाई कैद भुक्तानका लागि पुनः कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट