Techie IT
२०८३ असार ११, बिहीबार

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, हेर्नुहोस् आजको दरभाउ


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरोलगायत अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ १७ पैसा र बिक्री दर १५१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७१ रुपैयाँ ४९ पैसा र बिक्री दर १७२ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९९ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

खाडी मुलुकमा प्रचलित मुद्रामध्ये साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

त्यसैगरी, मलेसियन रिङ्गिट एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट