सानो लोकल गोलभेँडाको भाउ १० रुपैयाँ प्रति केजी, च्याउको भाउ कति छ ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याज, तरकारी, फलफूल, मसला तथा माछाको मूल्य निर्धारण गरिएको हो।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ र टनेल गोलभेँडा २० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ३० देखि ४० रुपैयाँ प्रतिकिलो तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रायोसाग ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
च्याउमध्ये कन्ये च्याउ प्रतिकिलो ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ सबैभन्दा महँगो प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ र अनार ४५० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
मसलातर्फ अदुवा प्रतिकिलो १५० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ, नेपाली सुकेको लसुन १८० रुपैयाँ तथा सुकेको खुर्सानी ५०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा बिक्री हुने समितिले जनाएको छ।
समितिले यी मूल्यहरू अधिकतम थोक मूल्य भएकाले स्थान, माग र आपूर्तिका आधारमा खुद्रा बजारमा केही फरक पर्न सक्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस