Techie IT
२०८३ असार १७, बुधबार

बियरिस चक्र चिर्दै शेयर बजारमा हरियाली, लगानीकर्तामा छायो उत्साह


लगातार दुई सातादेखि ओरालो लागिरहेको शेयरबजारमा आज बुधबार भने जोरदार 'बाउन्स ब्याक' भएको छ। नेप्से परिसूचकमा ४४.४९ अंकको उच्च वृद्धि भएसँगै बजार २ हजार ६५२.९२ विन्दुमा उक्लिएको छ। अघिल्लो दिन (मंगलबार) नेप्से २४.६३ अंकले घट्दै २ हजार ६०८.३३ विन्दुमा झरेको थियो।

परिसूचकसँगै यसदिन बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दोस्रो बजारमा यसदिन ३६२ कम्पनीको ५६ हजार ८५० पटकको कारोबारमा रु ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार बराबरको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन जम्मा रु ३ अर्ब २५ करोडको कारोबार भएको थियो।

बजार बढेसँगै ठुला कम्पनीको मापक 'सेन्सेटिभ इण्डेक्स' ५.७७ अंक र 'फ्लोट इण्डेक्स' २.८२ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका कम्पनीमध्ये २५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने जम्मा १७ वटा कम्पनीको मूल्य मात्र घटेको छ। आज स्नो रिभर्सको शेयर मूल्यमा सकारात्मक सर्किट (करिब १५ प्रतिशत) लागेर प्रतिकित्ता रु ५२२.३० कायम भयो। त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १४.२२ प्रतिशत र भुजुङ्ग हाइड्रोपावरको मूल्य करिब १४ प्रतिशतले बढेको छ। यता कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले भने ५.२१ प्रतिशत गुमाएका छन्।

यसैगरी, आज १३ वटै उपसूचक धनात्मक बन्दै बजारभरि हरियाली छाएको छ। व्यापार (ट्रेडिङ) समूहको उपसूचक सर्वाधिक २.६० प्रतिशतले बढेको छ भने जलविद्युत (हाइड्रोपावर), उत्पादन तथा प्रशोधन, र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल र लघुवित्तसहित बाँकी सबै उपसमूह १ प्रतिशतभन्दा बढीले बढेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट