Techie IT
२०८३ असार २०, शनिबार

आयल निगमको भत्ता ‘बेथिति’ माथि कैंची, अब पूर्वस्वीकृतिविना ओभरटाइम बस्न नपाइने


सरकारले नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनमा तयार पारिएको ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियमावली, २०८३’ मार्फत यो नयाँ व्यवस्था लागू गरिएको हो ।

नयाँ विनियमावली अनुसार अब २४सै घण्टा सञ्चालन हुने तथा हवाई इन्धन डिस्पेन्सर, इन्धन डिपो र पाइपलाइनजस्ता प्राविधिक क्षेत्रमा प्रत्यक्ष खटिने कर्मचारीले मात्र अतिरिक्त काम गरेबापत ओभरटाइम भत्ता पाउनेछन् । प्रशासनिक तथा गैरप्राविधिक क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई भने अबदेखि ओभरटाइम भत्ता उपलब्ध गराइने छैन ।

यसका साथै, अतिरिक्त समयमा काम लगाउनुअघि स्पष्ट आवश्यकता, कार्यबोझ र औचित्य पुष्टि हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि अधिकारप्राप्त अधिकारीको पूर्वस्वीकृतिसमेत अनिवार्य गरिएको छ ।

निगममा ओभरटाइमका नाममा हुँदै आएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गरी सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले सरकारले यो कडा कदम चालेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट