Techie IT
२०८३ कार्तिक ११, मंगलबार

ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको ताकेता


नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्ने व्यवस्था मिलाउन देशभरका सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगहरूलाई औपचारिक पत्राचार गर्दै अनिवार्य रूपमा भ्याट बिलबिजक जारी गर्न निर्देशन दिएको हो। बजारमा ग्यास बिक्री पछि उपभोक्तालाई नियमानुसार बिलबिजक नदिइएको व्यापक गुनासो आएपछि निगमले यो कडा कदम चालेको हो।

निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते ग्यास विक्रेता सङ्घहरूलाई पत्राचार गरी ध्यानाकर्षण गराइएको स्मरण गराइएको छ।

निगमले ग्यास उद्योग तथा उनीहरूबाट नियुक्त आधिकारिक बिक्रेता (डिलर) हरूले ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गरेर मात्र बिक्री वितरणको व्यवस्था मिलाउन पुनः कडा निर्देशन दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट