मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँट बने भाटभटेनीका ब्रान्ड एम्बेसेडर
प्रतिष्ठित मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँट भाटभटेनी सुपर मार्केट्सको 'ब्रान्ड एम्बेसेडर' नियुक्त भएका छन्। सुपरमार्केटले ढाँटलाई आगामी तीन वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो।
सम्झौता अनुसार ढाँटले भाटभटेनीका साथै यसअन्तर्गतका पेपे पिज्जा र पेपे आइसक्रिमको पनि प्रतिनिधित्व गर्नेछन्।
अन्तर्राष्ट्रिय मिक्स मार्सल आर्ट्स (MMA) को सर्वोच्च मञ्च 'यूएफसी' (UFC) मा नेपालको प्रतिनिधित्व गर्न लागेका ढाँटको यो ऐतिहासिक यात्रामा सहकार्य गर्न पाउँदा गौरव महसुस भएको भाटभटेनीले जनाएको छ।
देशभर सञ्जाल फैलिएको र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा अग्रसर रहँदै आएको भाटभटेनीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन प्रयासरत युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस