Techie IT
२०८३ कार्तिक ११, मंगलबार

चाडपर्वमा सडक बने काल: दसैँभर १३ सयभन्दा बढी दुर्घटना, १२४ जनाले गुमाए ज्यान


दसैँ अवधिभर भएका सवारी दुर्घटनामा परी देशभर १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर कुल एक हजार ३३९ वटा सवारी दुर्घटना भएका थिए।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (DIG) अविनारायण काफ्लेका अनुसार मृत्यु हुनेहरूमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका रहेका छन्। दुर्घटनामा घाइते भएका २,९८८ जनामध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्।

समीक्षा अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा (३९७ वटा) र सबैभन्दा कम मधेश प्रदेशमा (८० वटा) दर्ता भएका छन्।

अन्य प्रदेश र क्षेत्रको स्थिति यस प्रकार छ -

काठमाडौँ उपत्यका: १७१
कर्णाली प्रदेश: १७१
लुम्बिनी प्रदेश: १६१
सुदूरपश्चिम प्रदेश: १५०
बागमती प्रदेश: ११२
गण्डकी प्रदेश: ९७

दुर्घटनामा परिणत भएका सवारीसाधनमध्ये सबैभन्दा बढी १,५५२ वटा मोटरसाइकल रहेका छन्। यसैगरी ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्र्याक्टर, १५ टिपर, १० डोजर/स्काभेटर/लोडर र १३३ अन्य सवारीसाधन दुर्घटनामा परेका छन्।

गत वर्षको दसैँ अवधिमा भने देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट