नेपाली केरा प्रतिदर्जन ३०० पुग्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार भान्छामा धेरै प्रयोग हुने गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) रु २०, गोलभेँडा सानो (टनेल) रु ३९, आलु रातो (लाम्चो र मुढे) रु ४८, आलु रातो (गोलो) रु ४७, आलु रातो (भारतीय) र आलु सेतो प्रतिकिलो रु ३५ तथा सुकेको प्याज (भारतीय) प्रतिकिलो रु ५७ कायम गरिएको छ।
अन्य साधारण तरकारीहरूमा गाजर (लोकल) प्रतिकिलो रु ११० र तराईको गाजर रु ९०, बन्दा (लोकल) रु ३०, स्थानीय काउली रु १००, सेतो मूला (हाइब्रिड) रु २५ देखि रु ३०, भन्टा लाम्चो रु ५० र डल्लो भन्टा रु ६० तोकिएको छ। यस्तै बोडी तने रु १२०, मकै बोडी रु ७०, घिउ सिमी (लोकल तथा हाइब्रिड) रु १३०, टाटे सिमी रु ९०, भटमास कोसा रु १००, तीते करेला, लौका र हरियो फर्सी (डल्लो) रु ७०-७०, परवर रु ६०, चिचिण्डो रु ४०, घिरौँला रु १००, झिगुनी र भिन्डी रु ८०-८०, फर्सी पाकेको र इस्कुस रु ६०-६० तथा पिँडालु प्रतिकिलो रु १०० कायम भएको छ। सागपाततर्फ रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो, तोरी र सौफको साग रु १२०-१२०, हरियो प्याज र जिरीको साग रु १००- १०० तोकिएको छ।
विशेष तरकारी तथा जडीबुटीजन्य सामग्रीमा कन्य च्याउ प्रतिकिलो रु २८०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३२० र सिताके च्याउ रु १,००० सम्म पुगेको छ। यसैगरी कुरिलो प्रतिकिलो रु ४००, निगुरो रु १००, ब्रोकाउली रु १२०, चुकन्दर रु ७०, रातो बन्दा रु ४०, सेलरी रु २००, पार्सले रु ५००, पुदिना रु ३००, गान्टेमूला रु १२०, इमली रु १८०, तामा र तोफु रु १६०-१६० तथा गुन्द्रुक प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु ३०० र मालभोग केरा रु २००, कागती रु २२०, अनार रु ५००, मालदह र दशहरी आँप रु १८०-१८०, हरियो तरबुजा रु ७०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल रु ७०, हाइब्रिड रु २५, क्रस रु ६०), रूखकटहर रु ५०, नास्पाती (लोकल) रु १२०, मेवा नेपाली रु ९० र भारतीय रु १२० तथा नरिवल काँचो रु ८० र हरियो नरिवल प्रतिकिलो रु १७० तोकिएको छ।
अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी (लाम्चो रु ६०, बुलेट रु ५०, माछे रु ७०), अकबरे खुर्सानी रु २५०, भेडे खुर्सानी रु ७०, हरियो लसुन रु १२० र हरियो धनियाँ रु ३०० छ। त्यसैगरी सुकेको लसुन (चाइनिज) रु २४०, सुकेको लसुन (नेपाली) र सुकेको छ्यापी रु २००-२०० तोकिएको छ भने सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४० तथा बचुवा र छडी माछा प्रतिकिलो रु ३०० कायम भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस