काँकडभिट्टा नाकाबाट २४ अर्बको पेट्रोलियम पदार्थ आयात
काँकडभिट्टा नाका हुँदै गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यास गरी तीन प्रकारका इन्धनको आयात उल्लेख्य देखिएको हो।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आवमा १२ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको पेट्रोल, ९ अर्ब ५५ करोड ४९ लाख रुपैयाँ बराबरको डिजेल र २ अर्ब ७७ करोड १० लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।
अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को तुलनामा आयातको यो आँकडा निकै बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख र डिजेल सात अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको मात्र आयात भएको थियो।
पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै राजस्व संकलनमा पनि ठूलो योगदान पुगेको छ। प्रमुख न्यौपानेका अनुसार सो अवधिमा केवल पेट्रोलबाट मात्र पाँच अर्ब ८५ करोड ३७ लाख र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस