२५० को सामान खरिद गर्दा १० लाखको बम्पर पुरस्कार
सरकारले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न ल्याएको नगद प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
साउन महिनाको १५ दिनको बम्पर उपहार योजना अन्तर्गत शिव कृष्ण जेनरल स्टोरमा जम्मा २५० रुपैयाँको सामान खरिद गर्ने एक भाग्यशाली उपभोक्ताले १० लाख रुपैयाँको भारी पुरस्कार हात पारेका हुन्। सरकारले उपभोक्ताहरूलाई पसल वा कारोबारबाट खरिद गर्दा अनिवार्य बिल लिन प्रेरित गर्ने उद्देश्यले यो आकर्षक नगद उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सरकारले करको दायरालाई फराकिलो बनाउन र कारोबारलाई पारदर्शी बनाउन अघि सार्दै आएको यस अभियानले उपभोक्ताहरूमा खरिद गर्दा बिल लिने बानी बसाल्न महत्त्वपूर्ण टेवा पुर्याउने आशा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस