Techie IT
२०८३ श्रावण २९, शुक्रबार

खानी तथा भूगर्भ विभागको राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट


खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोड रुपैयाँले कमी आएको जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४८ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको छ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायत विभिन्न शीर्षकबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ।

देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गर्दै आएको छ। स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्न टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायतका खानीका लागि पनि अनुमति दिइएको विभागले जनाएको छ।

विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियमसम्बन्धी आर्थिक अध्ययन तथा प्रवर्द्धन, धातु तथा अधातु खनिज अन्वेषण, खानी ड्रिलिङ, इन्जिनियरिङ भौगर्भिक अध्ययन र भूकम्प मापनलगायतका कार्यहरू गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट