Techie IT
२०८३ भाद्र ३१, बुधबार

बैंकहरूले घटाए असोजको ब्याजदर, कुन बैंकको कति सस्तो ?


बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र कर्जाको मागमा सोचेजस्तो सुधार नभएका कारण नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज महिना (२०८३) का लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।

सार्वजनिक विवरणअनुसार असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौको ४.१३६ प्रतिशतबाट ०.०४६५ प्रतिशतविन्दुले घटेर ४.०८९५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट सामान्य घटेर ३.०६६५ प्रतिशत कायम भएको छ।

प्रमुख बैंकहरूको ब्याजदरको अवस्था
एभरेष्ट बैंकको ठूलो कटौती: यस महिना ब्याजदरमा सबैभन्दा ठूलो ब्याजदर घटाउनेमा एभरेष्ट बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपको दर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।

त्यसैगरी, नबिल बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ भने संस्थागत दर ३.०१ प्रतिशतमै यथावत राखेको छ। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतमा ०.०५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०३ प्रतिशतविन्दु घटाएर ३.७३ प्रतिशत र सिटिजन्स बैंकले संस्थागत ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेका छन्।

यता, अधिकांश बैंकले ब्याजदर घटाउँदा सानिमा बैंकले भने संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगततर्फ ४.५ प्रतिशतकै दरलाई निरन्तरता दिएको छ।

प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेको छ। माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वटा बैंकहरूले भने असोज महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट