सुनचाँदीको मूल्यमा भारी गिरावट
स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस