डलरको मूल्यमा घट्यो, युरो र पाउन्डको भाउ कति?
नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
अन्य प्रमुख वैदेशिक मुद्राहरूमा युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा तोकिएको छ।
यस्तै, अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
एसियाली तथा खाडी मुलुकहरूको मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।
साउदी रियालको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा रहेको छ।
यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४ रुपैयाँ ५५ पैसा, स्विडिस क्रोनरको १५ रुपैयाँ २२ पैसा/१५ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
डेनिस क्रोनरको २२ रुपैयाँ ७६ पैसा/२२ रुपैयाँ ८५ पैसा र हङकङ डलरको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। उता उच्च मूल्य रहेका खाडी मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।
बहराइन दिनारको ४०२ रुपैयाँ ८१ पैसा/४०४ रुपैयाँ ३९ पैसा र ओमान रियालको खरिददर ३९५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसा तोकिएको केन्द्रीय बैङ्कले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस