Techie IT
२०८३ असोज २८, बुधबार

कति होलान् नेपालमा मानिसका रूपमा रहेका धुर्वे हात्तीहरू - उपसभापति भण्डारी


नेपाली काङ्ग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै मानिस हुनु र मानवीय हुनुबीच ठूलो फरक रहेको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले जनभावनासँग खेलबाड गर्ने र कठोर व्यवहार देखाउने प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।

उनले लेखेका छन्, “कति होलान् नेपालमा जनतालाई झुक्काउने, मानिसका रूपमा रहेका कठोर निर्दयी धुर्वे हात्तीहरू !!! मानिस हुनु र मानवीय हुनु फरक कुरा हो।”

काङ्ग्रेस उपसभापति भण्डारीले मानिसको वास्तविक पहिचान उसको बाहिरी रूप र पदले नभई भित्री मानवीयता, विचार, व्यवहार र संस्कारले निर्धारण गर्ने स्पष्ट पारेका छन्। राजनीति र सार्वजनिक जीवनमा पछिल्लो समय देखिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले अगाडि लेखेका छन्, “धाक, धम्की, क्रूरता र असभ्यता के मानवीय चरित्र हुन् ? आदर्शको आवरणभित्र लुकेका अपराधहरू!!”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट