Techie IT
२०८३ असोज २८, बुधबार

चाडबाडमा इन्धनको कालोबजारी रोक्न झापा प्रशासन आक्रामक


भद्रपुर (झापा)। चाडबाडका समयमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा जिल्ला प्रशासन कार्यालयले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा कडाइ गरेको छ। चाडबाडका बेला उपभोग्य वस्तुको माग उच्च हुने भएकाले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन र सम्भावित कालोबजारी रोक्न प्रशासनले सम्बन्धित निकायहरूलाई आपूर्ति व्यवस्था चुस्त बनाउन निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको मौज्दात र आपूर्तिको अवस्थाबारे समीक्षा गर्दै बजारमा कुनै पनि किसिमको अभाव हुन नदिने गरी समन्वय भइरहेको बताए। मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधिहरूबीच चाडबाड लक्षित नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलले जिल्लामा पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको स्पष्ट पारेका छन्। यस्तै, पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीका अनुसार झापामा दैनिक ५ हजार ५ सय सिलिन्डर ग्यासको माग रहेकोमा हाल दैनिक ७ हजार ६ सय सिलिन्डर उत्पादन भइरहेको छ। पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले चाडबाडमा इन्धनको कुनै समस्या नहुने व्यवसायीहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट