तोलामा २ हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ निर्धारण गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस