कारागारबाट भागेका थुनुवा एक वर्षपछि पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा कारागारबाट फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएका २९ वर्षीय कविराज गोले रहेका छन् ।
प्रहरीका अनुसार लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि महोत्तरी जिल्ला कारागारमा रहेका गोले २०८२ साल भदौ २४ गते कारागारमा भएको घटनाका क्रममा फरार भएका थिए ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले गोलेलाई बाफल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस